हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणमा परी गए राती एक जनाले ज्यान गुमाएका छन । जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउने सुनसरी कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वे हुन ।
आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा विपी मेमोरियल प्राथिमक विद्यालय नजिकै खत्वेलाइ हात्तीले आक्रमण गरेको थियो । हात्ती कोशी वन्यजन्तु आरक्षबाट आएको निस्केर आएको गाउँलेहरुले बताएका छन ।
घटनाको जानकारीपछि घटनास्थलतर्फ गएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटेका छन । शवलाइ आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ ।
२८ साउन २०७८, बिहीवार १७:५९ बजे प्रकाशित































