punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा थप २३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २३ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९७ जनाको नमूना परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना बिरामी भर्ना भएका छन् भने निको भएर डिस्चार्ज हुनेको संख्या २ रहेको छ ।

हाल अस्पतालमा २८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा उपचार भईरहेको छ।


२८ साउन २०७८, बिहीवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु