punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन।

उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मिलिजुली सरकार गठनका लागि आह्वान गरेका थिए। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

मुख्यमन्त्रीका लागि एउटा मात्रै दाबी परेको थियो। त्यससँगै उनको पक्षमा स्पष्ट बहुमत देखिएपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।


२८ साउन २०७८, बिहीवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु