punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले विद्यालय भवन जोखिममा

Chaupati
safha napa

बझाङको केदारस्युँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ। अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो।

साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए। कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।

२० लाख बराबरको ग्याबिन जाली हालेको, तर जाली नै बगाएर सोही गाउँका २० परिवारले लगाएको बालीसमेत पहिरोले बगाएको धामीले बताए।


२८ साउन २०७८, बिहीवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु