punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ६ महिना निःशुल्क फुटबल प्रशिक्षण हुने

Chaupati
safha napa

स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वासमा ६ महिना निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको लालझाडी युवा क्लबले निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

क्लबका अध्यक्ष अध्यक्ष काशीराम बोहराका अनुसार कोरोनाका कारणले पनि खेलकुद ठप्प रहेका बेला खेलकुदलाई अगाडी बढाउन र स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले भदौ १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फुटबल प्रशिक्षण कार्यक्रम हुने जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्रशिक्षक अनुमति प्राप्त भीम बहादुर भाट सँग समेत ६ महिना करारमा सम्झौता भइसकेको क्लबले जनाएको छ ।

फुटबल प्रशिक्षणमा १२ वर्ष माथिकालाई मात्रै समावेश गरिएकोले इच्छुकले साउन २८ गते अर्थात् आज बिहीबार सम्म फाराम भर्न सकिने क्लबका अध्यक्ष बोहोराले जानकारी दिए ।

 


२८ साउन २०७८, बिहीवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु