धनगढी जलमग्न (फोटो फिचर)
बिहीबार बिहान देखि परिरहेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्।
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न बस्तीमा पानी बसेको छ।
धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिव नगर, पार्क चोक, विशाल नगर, मिलन चोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन्।




२८ साउन २०७८, बिहीवार ०९:२२ बजे प्रकाशित






























