punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कोभिशिल्डको दोस्रो डोज २८ गतेदेखि लगाइने

Chaupati
safha napa

धनगढी । धनगढीमा कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज २८ र २९ गते लगाइने भएको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने भएको हो ।

उपमहानगरपालिकाले १६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जानकारी दिएको हो। वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने उपमहानगरपालिकाका अधिकृत नारायण शर्माले जानकारी दिए।

‘०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अनय मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएका सम्पूर्णलाई दोस्रो मात्रा लगाइनेछ,’ शर्माद्वारा जारी सूचनामा उल्लेख छ।


२७ साउन २०७८, बुधवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु