punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुलमान घिसिङले आजै पदबहाली गर्ने

Chaupati
safha napa

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबार पदबहाली गर्ने भएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गर्ने निर्णय भएको छ।

उहाँले आज ११ बजे नियुक्ति पत्र बुझेर प्राधिकरणमा पदबहाली गर्ने कार्यक्रम छ, उर्जा मन्त्रालय स्रोतले भन्यो।

घिसिङले पनि आफूले नियुक्तिपत्र बुझेर पदबहाली गर्ने जानकारी दिए। उनी भण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्कन लागेका हुन्। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती ९लोडसेडिङ० अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेका थिए। घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो।

त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि देखाएका थिएनन्।

घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।


२७ साउन २०७८, बुधवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु