punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाध्यक्षसहित दुई जना हतियारसहित पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले वडाध्यक्ष सहित दुई जनालाई हतियारसहित पक्राउ गरेको छ। सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ।

हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित सोही जीपमा सवार कैलारी गाँउपालिका–९ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो।

जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धानका भइरहेको उनले बताए। वडाध्यक्ष चौधरी यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए। वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।


२६ साउन २०७८, मंगलवार १४:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु