punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, ओर्लियो चाँदी

Chaupati
safha napa

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।आज चाँदी १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।


२६ साउन २०७८, मंगलवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु