हिमालय युवा क्लव ‘सी’ डिभिजन छनौट खेल्दै

कैलालीको भजनी नगरपालिका –५ मा रहेको हिमालय युवा क्लवले सी डिभिजन लिगका छनौट खेल्ने भएको छ ।

भदौं १० गतेबाट सुरु हुने छनौटका लागि हिमालय युवा क्लव सुदुरपश्चिमबाट सी डिभिजन क्वालीफायर्स खेल्ने पहिलो क्लव रहेको छ ।

एन्फाको आयोजनामा हुने सी डिभिजन छनौट प्रतियोगिताका लागि एन्फाले दर्ताको मिती तोकेको थियो ।

छनौटका लागि क्लवले दर्ता शुल्कपनि तिर्नुपर्ने हुन्छ ।हिमालय युवा क्लव सि डिभिजन प्रतियोगितामा सहभागिता जनाउने सुदुरपश्चिम प्रदेशको पहिलो टिम भएको टिम कोच अनिल कठायतले जानकारी दिए ।


२५ साउन २०७८, सोमवार १९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु