punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिंकर सडक १३ वर्षमा ४३ किलोमिटर सडक खनियो

Chaupati
safha napa

सदरमुकाम खलंगादेखि व्यासको तिंकर भञ्ज्याङ्ग जोड्ने गरी निर्माण सुरु भएको दार्चुला तिंकर सडक १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्याक खुलेको छ ।

आर्थिक वर्ष ०६५।०६६ बाट निर्माण भएको यो सडक अहिले व्यास ३ को तुसरपानीसम्म ट्याक खुलाएको छ । सडकको ट्याक खुलाए पनि यातायात भने हिउँदयाममा ४० किलोमिटर पर्ने सुनसेरासम्म मात्रै चलेको थियो । अहिले बर्खाको समय यो सडक हिकिलासम्म मुस्किलले गाडी चल्ने गरेको स्थानीय बताउँछन् ।

अहिले महाकाली लोकमार्ग अन्तर्गत रहेको दार्चुला तिंकर सडकको जिम्मा अहिले ४७ किलोमिटर पर्दछ । सुनसेरा देखि मालको कोठेधारसम्मको ७ किलोमिटर सडक खण्ड मध्ये हालसम्म साढे तीन किलोमिटर मात्रै ट्याक खुलेको छ ।

अहिले यो क्षेत्रमा पहिरो गएर पूरै अवरुद्ध भएको छ । यो क्षेत्रमा सडकको ट्याक खुलाउन ०६९।०७० मा अमर सूर्य जेभीले जिम्मेवारी पाएको थियो । तर चालू आर्थिक वर्षमा अमर सूर्यले ६०० मिटर मात्रै सडकको ट्याक खुलाएको दार्चुला तिंकर सडक योजना प्रमुख अच्यूत पन्तले बताए ।

६ पटक म्याद थप गरेर पनि सडकको ट्याक खुलाउन नसकेपछि अहिले म्याद थप गर्ने कि नयाँ ठेक्का व्यवस्थापन गर्ने भन्नेबारे निक्र्यौल भएको छैन् । तिंकर सडकले गाउँपालिकासम्म सडक सुधार गर्न गत वर्ष चार वटा ठेक्का लगाएको छ भने कालोपत्रेको काम अघि बढाउन लागेको छ । तर अझै यो सडक नियमित चल्ने कहिले हो भन्नेमा स्थानीय आंशका गर्छन् ।

गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले सदरमुकाम आउजाउ गर्न र गाउँ फर्किन स्थानीय डराएका बताए । उनले नेपालतिरको सडक र बाटो तत्काल बनाइनुपर्ने बताए ।

 


२५ साउन २०७८, सोमवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु