punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिजोलाई सम्झिँदा

Chaupati
safha napa

प्रदिप ‘पि.जे’

बिछ्यौनासम्मै पुगिरहने

त्यो सुनौलो घामको किरणले

मिरमिरे बिहानी भएको जनाईरहन्थ्यो !१!

चराहरुको चिरबिरे ध्वनी

मिठो संगीतसरि कानमा गुन्जिंदा

अनायासै निन्द्रालाई तिलान्जलि दिईन्थ्यो !२!

जसै यी नयनहरु खुल्दथे

मानसपटलमा आउने त्यो बिम्बले

नित्यकर्मसरि तिमीलाई संधै सम्झाउँथ्यो !३!

बगैंचाका सुन्दर वृक्षहरु

हल्लाउँदै बगिरहेको चिसो हावासँगै

‘शुभ प्रभात’को सन्देश प्रवाहित हुन्थ्यो !४!

शुभ दिनको कामनासँगै

शुरु भएका दिनहरु रात्रीकालसम्मै

अनुपमरुपमा बितिरहेको अनुभुति रहन्थ्यो !५!

पलपलमा आईरहने तिम्रा

ती असंख्य सम्झनाहरुले जीवन नै

रङ्गीबिरङ्गी ईन्द्रेणीसरि रङ्गीन भईरहन्थ्यो !६!

सन्ध्याकालमा तिमीसँग हुने

मिठो वार्तालापले एकैछिन भएपनि

जीवनले सार्थकता पाए झैं खुशी दिईरहन्थ्यो !७!

कठिन मोडमा रहँदा जीवन

सुख-दुख साँटेर एकअर्कासँग

तिम्रा शब्दहरुले जिउने कला सिकाईरहन्थ्यो !८!

रात्रीकाल शयनमा जाँदापनि

त्यो ‘शुभ रात्री’को प्रिय सन्देशले

अद्भुतरुपमा मिठो निन्द्रामा अङ्गालिरहन्थ्यो !९!

तर त्यही दैनन्दिनको दैनिकी

अनायासै खोई किन हो बिलाएको

जसले पीडा त मलाई, प्रिय, हरपल दिईरहन्थ्यो !१०!


९ साउन २०७८, शनिवार १९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु