punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा धनगढी कोरा २०२१ साईकिलिङ्ग च्यालेन्ज सुरु

Chaupati
safha napa

धनगढी : धनगढीमा कोरा २०२१ साईकिलिङ्ग च्यालेन्ज सुरु भएको छ। फारवेष्टर्न राइडर्सको आयोजनामा धनगढी कोरा २०२१ साईकिलिङ्ग च्यालेन्ज सुरु भएको हो। चौराहबाट सुरु भएको कोरा शिवपुरी धाम, कैलाली गाउँ, घोड्सुवा, बेलाताल धाम, जाली गाउँ हुँदै जाखौरत पुग्नेछ। त्यहाँ सहभोज कार्यक्रमको अयोजना गरिनेछ।

फारवेष्टर्न राइडर्सका अध्यक्ष भरतबिक्रम शाहका अनुसार सहभोजपछि कोरा फेरि धनगढीको ट्राफिक चौरामा आएर समापन हुनेछ। करीब ३५ किलोमिटर दुरीको साईकलयात्रा हुने शाहले बताए।

कोरा साईकिलिङ्ग च्यालेन्ज सन २०११ मा पहिलो पटक काठमाडौँमा राज ज्ञवालीको समूहले सुरुवात गरेको थियो भने सुदूरपश्चिममा पहिलो पटक आयोजना भइरहेको हो।


२ साउन २०७८, शनिवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु