बाजुरामा पहिरोले एक घर बगायो, बस्ती जोखिममा
शुक्रबार राति आएको वर्षासंगै आएको पहिरोले बाजुरामा एक घर बगाएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा —१ पाटामा सुर्जे कार्कीको घर पहिरोले बगाएको हो।
सो बस्तीमा अन्य १४ घर पनि पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। गाउँको तलतिरबाट पहिरो जान थालेकाले स्थानीय विस्थापित हुने अवस्थामा छन् ।
२६ असार २०७८, शनिवार १३:४० बजे प्रकाशित






























