punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हेलिकप्टरबाट एक गर्भवतीको उद्धार

Chaupati
safha napa

बाजुरा  । जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए ।

महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए ।


८ असार २०७८, मंगलवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु