कञ्चनपुरको वेदकोटमा भेरोसिल खोप लगाउन छुटेकालाई सोमबार लगाइने
कञ्चनपुरको वेदकोट नगरपालिकामा सोमबार कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइने भएको छ। आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि विहान १० बजेदेखि साँझ ४ बजेसम्म सामादैजीस्थित कोभिड अस्पतालमा खोप लगाइने जनाएको हो।
सूचनामा अघिल्लो चरणमा खोप लगाउन छुटेका ६२ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक, जिल्लाका विभिन्न तहमा कार्यरत जनप्रतिनिधि, सेवाग्राहीको चाप बढी हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान र बैंकका कर्मचारी, महामारी व्यवस्थापनमा संलग्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि तथा कर्मचारी, पत्रकार, यातायात र मजदुरलाई खोप लगाइने उल्लेख छ।

३० जेठ २०७८, आइतवार २०:०६ बजे प्रकाशित






























