punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय सीमामा तारबार गर्न एमाले सांसदको माग

Chaupati
safha napa

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् ।आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या भएको तामाङले बताए । उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ ।


३० जेठ २०७८, आइतवार १९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु