punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको वेदकोट नगर कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

Chaupati
safha napa

कञ्चनपुरको वेदकोट नगरपालिका (३ स्थित सामादैजीमा रहेको वेदकोट नगर कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ।

वेदकोटका युवाहरुद्वारा सञ्चालित कोभिड १९ संक्रमित सहयोग समूहले अस्पताललाई २० थान अक्सिजन भरिएका सिलिण्डर सहयोग गरेको हो। सो समूहले कोरोना अस्पताल स्थापनाका लागि सहयोग सङ्कलन गरेको बताइएको छ।

देश विदेशमा रहेका युवाहरुले समूहमार्फत आफूले सकेजति रकम सहयोग गरेका हुन्। कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले समूह नै बनाएर रकम संकलन गरिएको बताइएको छ।

यसरी स्वस्फूर्त रुपमा रकम संकलन गरी युवाहरुले पुर्याएको सहयोग प्रशंसायोग्य रहेको भन्दै नगरपालिकाले आभार प्रकट गरेको छ।


२८ जेठ २०७८, शुक्रवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु