ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण
काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको
सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए ।सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।
शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको बताए ।निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।
२९ जेठ २०७८, शनिवार ११:१७ बजे प्रकाशित





























