punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइलबाट खसेका घाइते साथिलाइ छोडेर भाग्ने चालक पक्राउ

Chaupati
safha napa

कैलालीमा मोटरसाइकलबाट खरेर घाइते भएका आफ्नै साथिलाइ छोडेर जाने मोटरसाइकल चालक पक्राउ परेका छन । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौती चोकमा मोटर साइकल बाट खसेका आफ्नै घाइते साथिलाइ छोडर भाग्ने घोडाघोडी नगरपालीका ६ का मोटरसाइकल चालक क्षितिज चौधरीलाइ प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्षितिज चौधरी र करन कुमाल मंगलबार से ७ प २८७० नम्बरको मोटरसाइकलमा महेन्द्रनगर जाँदै थिए। मोटरसाइकल चालक चौधरीले गौरीगंगा नगरपालिका ६ को कठौती चोकमा ब्रेक लगाउँदा घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका १८ वर्षिय करन कुमाल मोटरसाइकल बाट खेसेका थिए । मोटरसाइकल बाट खसेका कुमाल अचेत अवस्थामा देखेपछि डराएका चैधरीले साथीलाई सडमै छोडेर भागेका थिए ।

पछि सडकमा घाइते अवस्थामा रहेका कुमाललाइ स्थानियले प्रहरीलाइ खवर गरेपछि उद्धार गरिएको थियो । प्रहरीका अनुसार घाइते तथा मोटरसाइकल चालकले मादकपर्दाथ सेवन गरेका थिए।
प्रहरीले उनलाई जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया चोकबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान थालेको बताएको छ।


२७ जेठ २०७८, बिहीवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु