punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सेती प्रयोगशालामा १३० जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार  १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७९ नमूना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ६९ जना  यस्तै धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा  ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, २१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ७ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

 


२४ जेठ २०७८, सोमवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु