लागुऔषधसहित कञ्चनपुरमा दुईजना पक्राउ
धनगढी । लागुऔषधसहित कञ्चनपुरमा सशस्त्रप्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका-३ वनकुर्मा क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
२४ जेठ २०७८, सोमवार ०९:०८ बजे प्रकाशित






























