एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउन ओली तयार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सुदृढ गर्न २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।
आइतबार साँझ एक विज्ञप्ति मार्फत उनले ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै कमिटी र जनसंगठनहरू सबै पूर्ववत अवस्थामै फर्काउने बाचा गरेका हुन् । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिईनुपर्ने शर्त राखेका छन् ।
आजै आइतबार अप्रान्हमा नेपाल – खनाल पक्षले ओलीको चालबाजी अनेक हुने भन्दै १० बुँदे मागसहित आफ्नो प्रस्ताव पेश गरेका थिए ।
नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने ओलीले बताएका छन् ।
यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कार्वाही नचलाइने ओलीले बताएका छन् । पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने अपेक्षा उनले विज्ञप्ति मार्फत राखेका
छन्।
२३ जेठ २०७८, आइतवार २३:४२ बजे प्रकाशित






























