punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

Chaupati
safha napa

धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ ।

घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।


२३ जेठ २०७८, आइतवार १४:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु