सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १९९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय ८२ जनामा गरिएको परीक्षणमा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै, अस्पतालमा उपचारका क्रममा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा आइसीयूमा १४ जना, भेन्टिलेटरमा दुई जनासहित ४७ जना विरामीको उपचार भइरहेको छ ।


१५ जेठ २०७८, शनिवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु