अर्थमन्त्री पौडेलद्वारा प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण सुरु

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण सुरु गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ का लागि प्रधानमन्त्री कार्यालयबाट उनले बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।

शनिबार बिहानको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरी राष्ट्रपतिले समेत स्वीकृत गरेको बजेटलाई उनले प्रस्तुत गर्न लागेका हुन् ।

पौडेलले दोस्रो पटक अर्थमन्त्रीको हैसियतमा बजेट प्रस्तुत गर्न लागेका हुन् । ५ वर्षअघि अर्थमन्त्रीको हैसियतमा १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट घोषणा गरेका थिए ।

यस पटक १६ खर्ब रुपैयाँभन्दा बढीको बजेट उनले प्रस्तुत गर्न लागेका हुन् ।


१५ जेठ २०७८, शनिवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु