punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कार्यकर्तालाई माधव नेपाल पक्षमा जानबाट रोक्न यस्तो वक्तव्य जारी गर्दैछन् ओली

Chaupati
safha napa

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो तहका कार्यकर्तालाई माधवकुमार नेपाल पक्षमा जानबाट रोक्न पार्टी एकताको आह्वान गर्ने तयारी गरेका छन्।

वरिष्ठ नेता नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गरेको र अन्य १२ जनालाई स्पष्टीकरण सोधेको परिस्थितिमा ओलीले तल्लो तहका कार्यकर्तालाई लक्षित गरेर एकताको पक्षमा आह्वान गर्न लागेका हुन्।

पार्टी एकताका लागि नेता नेपालले राखेको बटमलाइन २०७५ जेठ २ कै अवस्थाबाट अघि बढ्ने भन्दै ओलीले कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्न लागेको बालुवाटार निकट स्रोतले बतायो।

नेपाल पक्षले पार्टी विभाजन गरी नयाँ दल गठन गर्न लागेपछि कार्यकर्तालाई त्यतातिर जानबाट रोक्न ओलीले यस्तो रणनीति अवलम्बन गर्न लागेका हुन्। नेपालले यही कुरा राख्दा भने ओलीले सुनेनन्। उनलाई कारबाही गरेपछि मात्र ओलीले एकताको आह्वान गर्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले पार्टी एकता प्रयासका लागि सबै पक्षलाई समेट्ने गरी वक्तव्य निकाल्नुहुनेछ। उहाँले पार्टी एकताका लागि २०७५ साल जेठ २ कै आसपासबाट सहमति खोज्ने र त्यहींबाट सबै कमिटी क्रियाशील बनाउने तयारी गर्नुभएको छ।

नेपाल समूहले उठाएका मागसमेत सम्बोधन हुनेगरी पार्टी एकताको आह्वान गर्नुहुनेछ’, बालुवाटार निकट स्रोतले भन्यो। नेपाल पक्षले अर्को पार्टी गठन गरे यसअघि सो पक्षले बनाएका समानान्तर कमिटीमा रहेका धेरैजसो नेताकार्यकर्ताले एमाले छाड्ने अनुमान ओली पक्षको छ।

एमालेको आन्तरिक विवाद मिलाउन कार्यदल बनाएर काम थालेको अवस्थामा नेपाल समूहका सांसदले प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि ओलीले ११ सांसदलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका छन्।

अन्य १२ सांसदलाई पनि कारबाही गर्न स्पष्टीकरण सोधेका छन्। यस्तो अवस्थामा नेपाल पक्षले नयाँ दल गठनको तयारी थालिसकेको छ।

नेपाल समूहले नयाँ दल गठन गर्ने तयारी गरेपछि कार्यकर्तालाई त्यता जानबाट रोक्न पार्टी एकताको आह्वान गर्न लागेका हुन्। ओली पक्षले नेपाल समूहका केन्द्रीय नेताहरूलाई पनि बोलाएर अलगअलग कुराकानी गरिहरहेको छ। ओलीले एक साताअघि विरोध खतिवडालगायतलाई बालुवाटारमै बोलाएर भेटघाट गरेका थिए।

खतिवडाले नेता नेपालले राखेका माग जायज भएकाले पूरा गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले पछिल्लो पटक प्रतिनिधिसभा विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरिसकेका छन्। आजको नागरिकमा खबर छ ।


१३ जेठ २०७८, बिहीवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु