सुतिरहेकी एक महिलालाई जिउँदै आगो लगाइयाे

डोटीमा सुतीरहेकी एक महिलालाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात ब्यक्तीद्धारा आगो लगाइएको हो । अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याईरहेको प्रहरीले जनाएको छ ।

राती करिब १२ः३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको र प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसकेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको र अनुसन्धान गरीरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता मल्लले जानकारी गराए ।


१३ जेठ २०७८, बिहीवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु