punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

Chaupati
safha napa

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। 
पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिँह क्षेत्रीले जानकारी गराए।
कैलालीको भजनीका स्थानीय मल्लको काठमाण्डौमा उपचारका क्रमममा निधन भएको हो। उनको बुधबार राति ११ बजे निधन भएको पूर्व स्वकीय सचिव क्षेत्रीले बताए। मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए। उनको बिहीबार अन्त्येष्टि गरिने छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए। उनी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका थिए। तत्कालीन प्रधानपञ्च समेत रहेका मल्ललाई २०७४ सालको माघमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। उनी २०७६ सालको असोज १८ गते पदमुक्त भएका थिए। 
 


१३ जेठ २०७८, बिहीवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु