punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विपक्षी दल आन्दोलनको तयारी गर्दै, संयुक्त बैठक सुरू

Chaupati
safha napa

प्रतिनिधि सभा विघटन भएपछि प्रतिपक्षी दलहरु आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन् ।

आन्दोलनका आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरु भएको छ।

नेपाली कांग्रेसको आह्वानमा माओवादी केन्द्र, एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाको उपेन्द्र–बाबुराम पक्ष तथा राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो।

दलहरूले बैठकबाट संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन्।

संविधानविद्हरूले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने सुझावसमेत दिएका छन्।


८ जेठ २०७८, शनिवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु