punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यात्रु ओसार्ने चालकविरुद्ध डोटीमा मुद्दा दर्ता, दुई जीपसहित चालक पक्राउ

Chaupati
safha napa

बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पहिलोपटक हो ।


८ जेठ २०७८, शनिवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु