punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु, २२९ जनामा संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिला र कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय पुरूष मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा गरिएको परीक्षणमा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५९८ जनाको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

संक्रमितमध्ये ८८ जना धनगढीका छन् भने धनगढीबाहेक जिल्लाभर १ सय जना र अन्य जिल्लाका ४१ जना छन् ।

अस्पतालमा हाल १०८ जना संक्रमित उपचाररत छन्। जसमध्ये १६ जना आईसीयूमा र ९० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्केका छन भने ११ जना नयाँ सक्रमित भर्ना भएका छन् ।


७ जेठ २०७८, शुक्रवार १६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु