सेती अस्पतालमा उपचाररत ६ संक्रमितको मृत्यु, ३०३ जनामा संक्रमण पुष्टि
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार धनगढी उपमहागनरपालिकाका ४ र जोशीपुर गाउँपालिकाका एक जना छन् भने डोटी र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा अस्पतालमा गरिएको परीक्षणमा ३०३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये कैलालीमा २६६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जसमध्ये धनगढीमा सबै भन्दा धेरै १८५ जना र कैलालीका अन्य स्थानीय तहमा ८१ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीबाहेक अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
४ जेठ २०७८, मंगलवार १७:३८ बजे प्रकाशित






























