punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समता मिडियाद्वारा सुदूरपश्चिमका अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

Chaupati
safha napa

समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको छ ।

भक्त बीबी फर ह्युमानिटी र भक्त बीबी हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोगमा समता मिडिया सेन्टरले १२० थान अक्सीजन सिलिन्डर यहाँका अस्पतालहरुलाई सहयोग गरेको हो ।

१२० थान अक्सीजन रिलिन्डर बिराटनगरबाट रिफिल गरेर आइतबार धनगढी पुर्याइएको थियो ।

सोही दिन सेती प्रादेशिक अस्पताल धनगढीलाई ठुलो ३० थान, महाकाली हस्पताल कंचनपुरलाई ठुलो ३० थान, गौरिगंगा कोभिड अस्पताल चौमालालाई ठुलो ५ थान ठूलो र २ थान सानो, नोभा अस्पताल धनगढीलाई ठूलो ५ थान, सारथी अस्पताल धनगढीलाई ठूलो ८ थान, बैतडी अस्पताललाई ठूलो ८ थान, बाजुरा अस्पताललाई ठूलो २ थान हस्तान्तरण गरिएको छ ।

त्यसैगरी उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई ठूलो ८ थान, सानो २० थान र डोटी अस्पताललाई ठुलो २ थान गरी ९८ थान ठूलो र २२ थान सानो गरी १२० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी दिए ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरा र बैतडी अस्पतालबबाट थप अक्सीजन सिलिन्डर सहयोग गर्न माग गरेपछि सोमबार राति नै ५० थान खाली सिलिन्डर रिफिलका लागि नेपालगञ्ज पठाइएको अध्यक्ष परियारले जानकारी दिए।

 

 


४ जेठ २०७८, मंगलवार १८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु