कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप थप २१४ जनाका मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पीसीआर परीक्षण र ४३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
यसअघि हिजो नेपालमा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
३ जेठ २०७८, सोमवार १७:४९ बजे प्रकाशित






























