सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४३५ जनामा कोरोना पुष्टि
धनगढीस्थित सेती अस्पतालमा गरिएको परीक्षणमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितमध्ये धनगढीका मात्रै १३८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका २७८ जना र अन्य जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
उनकाअनुसार हाल अस्पतालमा १०९ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट एक जना निको भई घर फर्किएका र थप ४ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
२ जेठ २०७८, आइतवार १६:४१ बजे प्रकाशित






























