निको हुने दर बढ्दै, आज ७३६८ संक्रमित थपिए, ६६४८ डिस्चार्ज
नेपालमा कोरोना संक्रमितको निको हुने दर बढ्न थालेको छ । देशभर पछिल्लो २४ घण्टामा थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सात हजार ३६८ संक्रमित थपिँदा ६ हजार ६४८ जना निको भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ४३९ जनाको पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।
त्यस्तै यो अवधिमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या पाँच हजार एक पुगेको छ । देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२ जेठ २०७८, आइतवार १७:३४ बजे प्रकाशित






























