punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु

पछिल्लो पाँच दिनमा मात्रै १०९ जनाले ज्यान गुमाए

Chaupati
safha napa

दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा एक महिनामा २५९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना सङ्क्रमितको मृत्यु भएको हो ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाई छ । कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ ।

यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


२ जेठ २०७८, आइतवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु