punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस ज्याकेट लगाएर लागु औषध ओसार–पसारमा संलग्न युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार–पसारमा संलग्न एक युवक पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले प्रेस ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोइन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ। उनीसंग सुदूर खबरको परिचय पत्र समेत रहेको छ।

उनीबाट प्रहरीले एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


२ जेठ २०७८, आइतवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु