सुदूरपश्चिम काँग्रेस संसदीय दलका नेता डा. रावललाई पितृशोक
सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावललाई पितृशोक परेको छ।
रावलका बुवा शेरबहादुर रावलको शुक्रबार १०१ वर्षको उमेरमा बेलुका पौने ५ बजेतिर निधन भएको हो । विक्रम संवत १९७७ साल माघमा अछामको पुल्लेतोलामा जन्मिनुभएको थियो ।
स्वर्गीय रावल साविक बाराला पुल्लेतोला पञ्चायतको पटक–पटक प्रधानपञ्च भएका थिए । उनको दहासंस्कार टिकापुरको सनकट्टी घाटमा शनिबार हुने पारिवारिक स्रोतले बताएको छ ।
रावलको निधनमा नेपाली काँग्रेस क्षेत्र नं १ कैलालीले शोक वक्तव्य जारी गरी आत्मा शान्तिको कामनाका साथै परिवारजनमा समवेदना प्रकट गरेको छ।
३१ वैशाख २०७८, शुक्रवार १९:३० बजे प्रकाशित































