कति छ आज सुनचाँदीको मूल्य ?
बजारमा आज सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य सामान्य घटेको छ । सुन आज पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा आज सामान्य गिरावट आउँदै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
३१ वैशाख २०७८, शुक्रवार ११:२९ बजे प्रकाशित































