सुनको मूल्य अझै बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार सात सय पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ५० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२४ वैशाख २०७८, शुक्रवार १२:०७ बजे प्रकाशित






























