सुदूरपश्चिममा थप १९७ जनामा काेराेना पुष्टि
कैलालीकाे सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९७ जनामा काेरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षण गर्दा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले जानकारी गराए ।
१४ वैशाख २०७८, मंगलवार १६:४२ बजे प्रकाशित













