punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्या भएको एक वर्ष पुग्दा पनि पत्ता लागेन प्रिन्सिपल भुसालका हत्यारा

Chaupati
safha napa

कैलालीको मसुरियामा रहेको बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सिपल कृष्ण भुसालको हत्या भएको एक वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेका छैनन ।

जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ९ मसुरियाको बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सिपल भुसालको गत बर्ष बैशाख ११ गतेकै दिन राति हत्या भएको थियो । हत्या भएको एक वर्ष पुरा भैसक्दा पनि हत्यारा भने पत्ता लाग्न सकेका छैनन ।

उनको योजना बद्ध तरीकाले हत्या भएको प्रमाणहरु प्रसस्त हुँदाहुदै पनि प्रहरी प्रशासनले हत्यालाई दुर्घटनामा परिणत गरि हत्यारालाई बचाउन खोजीएको आफन्तले आरोप लगाइरहेका छन् । मसुरियाका स्थानियले सरकारले पीडित पक्षलाई पिडा माथि पिडा थप्ने काम गरेको भन्दै निरन्तर न्यायको खोजिको रहेको उनका आफन्तले जनाएको छ ।

हत्यारालाई सार्बजनिक गर्न माग गर्दै मसुरियामा लामो समय सम्म आन्दोलन समेत भएको थियो । घटना बारे अनुसन्धान गर्न शुरुमा प्रहरी प्रशासनले केहि ब्यक्तीलाइ नियन्त्रणमा लिएपनि पछि उनिहरुलाइ छोडेको थियो ।


११ वैशाख २०७८, शनिवार १३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु