कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएका छन ।
शुक्रबार राती महेन्द्रनगरबाट दैजितर्फ जादै गरेको म २ प ५१७४ नम्बरको मोटरसाइकल बिचमा दुर्घटना हुदाँ जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षीय जोगलाल डगौरको मृत्यु भएको हो ।
सोही ठाउँका २२ वर्षिय लक्ष्मण चौधरी भने घाईते भएको प्रहरीले जनाएको छ । घाईते चौधरीको धनगढीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
११ वैशाख २०७८, शनिवार १२:५७ बजे प्रकाशित













