punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उद्घाटन

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् ।

आज शनिबार २०७२ सालको महाभूकम्पले पूर्णरुपमा ध्वस्त बनाएको धरहरा पुनःनिर्माण सम्पन्न भएपछि एक विशेष समारोहकाबीच उद्घाटन भएको हो । धरहराको ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ साल कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो ।

नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।


११ वैशाख २०७८, शनिवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु