punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा, अन्य ठाउँमा सामान्य बदली

Chaupati
safha napa

अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

वैशाख १३ गते सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न।१ र प्रदेश न. २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 


११ वैशाख २०७८, शनिवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु