भारतमा एकै दिन २६ सय २४ कोरोना संक्रमितको मृत्यु
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक रुपमा तीव्र रुपमा थपिँदै गएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड–१९ बाट २६ सय २४ जनाको ज्यान गएको छ।
भारतमा कुल संक्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४८१ तथा मृत्यु हुनेको कुल संख्या एक लाख ८९ हजार ५४४ पुगेको छ।
अहिले भारतमा २५ लाख ५२ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित छन्। हालसम्म १३ करोड ८३ लाख ७९ हजार ८३२ जनाले खोप लगाएका छन्। एजेन्सीको सहयोगमा
११ वैशाख २०७८, शनिवार १२:०२ बजे प्रकाशित






























