धनगढीका व्यापारी पाठकको भक्तपुरमा दुर्घटनामा मृत्यु
धनगढीका एक जना व्यापारी भक्तपुरमा सवारी दुर्घटनामा मृत्यु भएको छ । धनगढीको चौराहमा रहेको पाठक चस्मा सेन्टरका सञ्चालक पदमराज पाठकको दुर्घटनामा मृत्यु भएको हो ।
व्यवसायकै सिलसिलामा राजधानीमा पुगेका ४३ वर्षीय पाठक सवार रा २ प ४४३७ नम्बरको मोटरसाइकल र बा ३ ख ४४६५ नम्बरको टिपर भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे ठोक्किँदा घाईते भएका थिए ।
दुर्घटनामा घाइते भएका पाठकको बुधबार राति मध्यपुर ठिमीमा मृत्यु भएको हो ।
उनी मोटरसाइकलको पछाडि सवार थिए । उनको शव धनगढी ल्यायँदैछ । भोलि धनगढी ल्याउने परिवारले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन् । उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
९ वैशाख २०७८, बिहीवार १७:३५ बजे प्रकाशित






























